शुक्रबार, १४ वैशाख २०८१

दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा इन्भेष्टमेण्टको शाखा थपियो

समयपोष्ट २०७४ असार २ गते १०:५७

नेपाल इन्भेष्टमेण्ट बैंक ले डोटीको दिपायल र अछामको मंगलसेनमा दुईवटा शाखा र दैलेखको डाबमा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार सुभारम्भ गरेको छ । बैंकले यूके एडद्वारा संचालित सक्षम –एक्सेस टु फाइनान्सको सहयोगमा शाखा विस्तार गरेको हो ।

Advertisement

दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा विस्तारीत शाखा असार १ गतेदेखि संचालनमा आएको छ । साथै बैंकले डाबस्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।  

बैंकका अनुसार स्थानीय जनतामा वित्तिय पहुँच पुर्याई आर्थिक कारोबार गर्न सहजता प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरिएको हो ।  शाखा विस्तारपछि साना उद्योग तथा कृषि व्यवसाय संचालन लगायतमा आर्थिक कारोबार गर्न स्थानीयबासीलाई सहजता हुने छ ।

चुक्ता पूंजी ८ अर्ब ७४ करोड रहेको बैंकले एक खर्ब १९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब २ अर्ब लगानी गरेको छ । बैंकले २०७३ चैत मसान्तसम्ममा २ अर्ब ३७ करोड मुनाफा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री