शनिबार, १५ वैशाख २०८१

एभरेष्ट बैंकले असार १८ गतेबाट हकप्रद सेयर निश्कासन गर्ने

समयपोष्ट २०७४ असार १ गते ७:४३

एभरेष्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद असार १८ बाट निश्कासन गर्ने भएको हो ।

Advertisement

हकप्रदमा लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  दोस्रो बजारबाट असार ६ गतेसम्म सेयर खरीद गरेका लगानीकर्ताहरुले बैंकको हकप्रदमा आवेदन दिन सकनेछन् । 

बैंकको हकप्रद सेयर बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल रहेको छ । लगानीकर्ताहरुले एभरेष्ट बैंकका सम्पुर्ण शाखा कार्यलय मार्फत हकप्रदमा आवेदन दिन सकनेछन । हकप्रद पश्च्यात बैंकको चुक्ता पुँजी ६ अर्ब नाघ्नेछ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री