शुक्रबार, १६ चैत २०८०

नबिल बैंकले फिनलिटसँगको सहकार्यमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

समयपोष्ट २०७४ जेठ ३० गते ११:५३

नबिल बैंक र फिनलिट नेपाल प्रालिले लमजुङको बेशिसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन । नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट  नेपालका सञ्चालक प्रकाश कोइरालाले आर्इतवार सम्झौतामा हस्ताक्षर गरेका हुन । यस अन्तर्गत नबिल बैंकले फिनलिट नेपालसँग सहकार्य गरी बेशिसहरका दश स्कुलहरुबाट आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

Advertisement

यस साझेदारीले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्ने उदेस्य राखेको छ । फिनलिट नेपाल “स्कुल बैंक” नामक संरचनागत अवधारणा लिई अगाडी आएको छ, जसले आर्थिक साक्षरता सम्बन्धी साथै लक्षित विद्यार्थी तथा युवाहरुको आर्थिक क्षेत्रमा पहुँचको लागि आवश्यक जानकारी प्रदान गर्दछ । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका वावु९आमालाई नगद९रुपयाँको ब्यवस्थापन, वचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्तहरुको वारेमा सिकाएर आर्थिक मामिलामा राम्रोसँग बुझाउनको लागि स्कुल बैंक नामक आर्थिक शिक्षा सम्वन्धी ढाँचाको तर्जुमा गरिएको छ । स्कुल बैंकको पाठ्यक्रमको अवधी सात महिनाको रहेको छ ।

नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनीले फिनलिट नेपालसँगको साझेदारीमा बेशिसहर, लम्जुङमा आर्थिक साक्षरता सचेतना कार्यक्रम मार्फत यस्तो उत्कृष्ट सेवा कार्यको लागि योगदान गर्न पाएकोमा खुशी लागेको बताए । उनले  आगामी दिनमा बैंकले आर्थिक साक्षरता सचेतनाको विस्तारमा अझ वढी क्रियाकलापहरु सञ्चालन गर्ने बताए ।    

फिनलिट नेपाल प्रा।लि।का सञ्चालक प्रकाश कोइरालाले यस कार्यक्रमको समाप्ति पश्चात वित्तीय साक्षरताका सन्दर्भमा विद्यार्थीहरुमा सजिलै देख्न सकिने गरी प्रभाव पार्ने बताए ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री