शनिबार, ८ वैशाख २०८१

असार १ देखि एनबि बैंकको एटिएम नचल्ने

समयपोष्ट २०७४ जेठ ३० गते १०:५६

असार १ गते देखि  नेपाल बंगलादेश बैंकको हाल जारी भएका एससिटी तथा भिसा अन्तर्गतका सम्पूर्ण कार्डहरु नचल्ने भएका छन् ।

Advertisement

बैंकले एटिएम लगायत सम्पूर्ण डेबिट कार्डहरुलाई परिमार्जित गरी  हाल कायम रहेको स्वीचलाई परिवर्तन गरी नेप्स संजालमार्फत कार्डसम्वन्धी कारोबार गर्ने भएकाले पुराना कार्डहरु  नचल्ने  भएका हुन् । 

बैंकले सम्पूर्ण कार्डहोल्डरलाई खाता भएको सम्वन्धित शाखामा सम्पर्क राखी नयाँ कार्ड नि:शुल्क लिन  आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री