बुधबार, १२ वैशाख २०८१

प्रत्येक स्थानीय तहमा कर्मशियल बैकको शाखा खोल्न निर्देशन

समयपोष्ट २०७४ जेठ २९ गते ११:१५

व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा कर्मशियल बैकको शाखा खोल्न निर्देशन दिएको छ ।

Advertisement

समितिको सचिवालय सिंहदरबारमा सोमबार बसेको बैठकले सवै स्थानिय तहमा ‘क’ श्रेणीको कर्मशियल बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।
सबै स्थानीय तहमा बैंक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि आगामी २ महिनाभित्र बैक शाखा खोल्न समितिले निर्देशन दिएको छ । 
सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । समितिको निर्देशन अनुसार अब वाणिज्य बैंकहरुले आगामी दुई महिनाभित्र थप ३५२ वटा स्थानीय तहमा शाखा विस्तार गर्नु पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री