शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार २४ अंक बढीले ओरालो लाग्यो, ७१ करोड बराबरको सेयर किनबेच

समयपोष्ट २०७४ जेठ २८ गते १०:४४

आइतबार नेप्से २४ अंक बढीले ओरालो लागेको छ । नेप्से परिसूचक २४.७० अंकले घटेर १५९०.४९ अंकमा झरेको छ । आइतबार सेयरबजारमा ७१ करोड बराबरको सेयर किनबेच भयो ।

Advertisement

यसदिन १४६ कम्पनीका ११ लाख २३ हजार कित्ता शेयर ७१ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भए । आइतबार बैंकिङ समूह २५.४३, विकास बैंक २०.१, जलबिद्युत ४५.९३, फाइनान्स ७.५२, बीमा, १३८.३३ र अन्य १३.०२ अंकले घटेको छ। होटल ३०.६८ र उत्पादन मुलक समूह १९.०६ अंकले बढेको छ।

यसदिन सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको शेयर खरिद बिक्री भयो । बैंकको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । आइतबार पनि सबै भन्दा बढी आरएसडीसी लघुवित्तको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । वल्र्ड मर्चेन्ट फाइनान्सका शेयरधनीले पनि नौ प्रतिशत बढी कमाए।

यसदिन एनएमबि बैंकको संस्थापक सेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । सेयरमूल्य घट्दा एनएमबिको संस्थापक सेयर पनि चार करोड बढीको किनबेच भयो । नेरुडे लघुवित्त, अरुण काबेली लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री