बिहीबार, १५ चैत २०८०

‘सर्वोत्तम सिमेन्ट नै किन’ अभियान शुरु

समयपोष्ट २०७४ जेठ २८ गते ३:०३

सर्वोत्तम सिमेन्टले उपभोक्तालाई सिमेन्टको प्रयोगबारे जानकारी गराउने उद्देश्यले “सर्वोत्तम सिमेन्ट नै किन ?” नामक अभियान सञ्चालन गरेको छ ।मजबुत भवन तथा संरचनाहरुको निर्माणका लागि सर्वोत्तम गुणस्तर र सर्वोत्तम पकड शक्ति भएको सिमेन्ट आवश्यक पर्ने भन्दै सिमेन्टको जानकारी दिन अभियान शुरुवात गरेको जनाइएको छ ।

Advertisement

उत्कृष्ट प्रविधिको प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको यो कम्पनीले सर्वाेत्तम ओ.पि.सि र श्री ग्रीन सर्वोत्तम पि.एस.सिनामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गर्दै आएको छ । नेपालमै पहिलो पटक डेनमार्कबाट आयातित अत्याधुनिक यूरोपियन मेसिनद्वारा उत्पादित यो सिमेन्टको मसिनोपन प्रतिग्राम ४५ सय सेमीसम्म रहेको कम्पनीको कम्पनीको दाबी छ ।

यस सिमेन्टको उत्पादनको क्रममा प्रयोग हुने क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलले सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्ने विश्वास कम्पनीको छ ।सो मेसिनको प्रयोग गर्ने सर्वोत्तम सिमेन्ट नेपालकै एक मात्र सिमेन्ट उद्योग रहेको पनि दाबी गरिएको छ ।

सर्वोत्तम सिमेन्ट स्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने र एक्सरे डिफ्राक्सन मेसिन प्रयोग गर्ने नेपालकै एक मात्र उद्योग भएको समेत कम्पनीको भनाइ छ । यो सिमेन्ट उद्योगले कोइला तथा बिजुलीको खपत कम गरी वातावरणलाई सफा र स्वच्छ राख्न मद्दत पु¥याएको पनि कम्पनीले जनाएको छ । नेपालको सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गाबाट यो कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री