शुक्रबार, ७ कार्तिक २०७७

एचआईभी संक्रमित बालबालिकाहरुलाई  नबिल बैंकले गर्यो सहयोग

समयपोष्ट २०७४ जेठ २६ गते ९:२६

नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी बेबी लाईफ होम किर्तिपुरलाई मुल्य एकलाख पन्ध्र हजार वरावरको खाने कुरा, स्टेशनरी तथा अन्य देनिक रुपमा आवस्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतवार बेबी लाईफ होमलाई हस्तान्तरण गरेको हो ।
बेबी लाईफ होम एचआई भी लागेका अनाथहरुको लागि स्थापना गरिएको एक अनाथालय हो र यसले एचआईभी संक्रमित बालबालिकाहरुलाई खाना, आवास तथा शिक्षा प्रदान गर्दछ ।
 हाल बेबी लाईफ होमले नेपालको विभिन्न क्षेत्रबाट आएका ५ देखी १८ वर्षको उमेर समुहका २३ जना बालबालिकाहरुलाई संरक्षण र हेरचाह प्रदान गरिरहेको छ  र ती बालबालिकाहरुलाई एचआइभी संक्रमितको लागि स्थापना गरिएको पहिलो विद्यालय सफलता एचआईभी शिक्षा सदनबाट शिक्षा प्रदान गरिरहेको छ ।
नबिल बैंकका नायब महाप्रवन्धक रमेश प्रसाद लोहनीले उक्त सामाग्रीहरु बेबी लाईफ होमलाई हस्तान्तरण गर्दै यस्तो उत्कृष्ट सेवाको काममा सहभागि हुन पाएकोमा खुशी ब्यक्त गरे ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी सहयोगको अझ बढी प्रतिवद्धताका साथ लागि परेको छ ।
 

प्रतिक्रिया