शुक्रबार, १६ चैत २०८०

एनआर्इसी बैंकको हकप्रद सेयर लिलामीमा

समयपोष्ट २०७४ जेठ २६ गते ५:२६

एनआर्इसी एशिया बैंकले नबिकेको हकप्रद सेयर लिलामीमा राखेको छ । बैंकले सर्वसाधारण समूहको २ लाख ९८ हजार ५५६ कित्ता नबिकेको हकप्रद लिलामीमा राखेको हो । सेयर खरीद गर्न इच्छुकले न्युनतम १०० कित्ता वा बढिमा एक लाख कित्ताका लागि आवेदन दिन  सक्नेछन् ।  

Advertisement

विक्री प्रवन्धक एनआर्इसी एशिया क्यापिटल मार्फत इच्छुकले असार १ गतेदेखि ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  बोलपत्र सार्बजनिक असार ९ गते दिउसो १:३० मा गरिनेछ । 

१०० रुपैयाँ दरका सेयर जसले बढि मूल्य हाल्छ उसैलाई बेच्ने बैंकले जनाएको छ । बैंकले चैत १६ गतेदेखि बैशाख १९ गतेसम्म ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री