शुक्रबार, ७ वैशाख २०८१

हिमालयन पावरले असार १ गतेदेखी २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ निस्कासन गर्ने

समयपोष्ट २०७४ जेठ २५ गते ६:१७

हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निस्कासन गर्ने भएको छ।  कम्पनीले आगामी असार एक गतेदेखी १०० रुपैयाँ अंकित दरका २१ लाख  ३० हजार ८३४ कित्ता सेयर निस्कासन गर्न लागेको हो।
कुल सेयरमध्ये ४२ हजार ६१७ कित्ता आफ्ना कर्मचारी र एक लाख ६ हजार ५४२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। 
 कम्पनीको सेयरमा कम्तिमा ५० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि निवेदन दिन पाइने छ। कम्पनी सेयरमा असार ५ गतेसम्म आवेदन दिन पाइन्छ।
 कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल हो। कम्पनीमा ३६ जना संस्थापक सेयरधनी छन्।  कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेड पानि पोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड ५४ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री