शनिबार, १५ वैशाख २०८१

एशियन लाईफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त

समयपोष्ट २०७४ जेठ २५ गते ३:४४

एशियन लाईफ इन्स्योरेन्सले हकप्रदसेयर निष्कासन बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । 

Advertisement

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेख बहादुर थापा बीच बुधबार उक्त संझौतापत्रमा हस्ताक्षर भएको छ ।

इन्स्योरेन्को २०७३ चैत १७ गते सम्पन्न आठौं तथा नवौं बार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको थियो । साधारण सभाको निर्णय बमोजिम इन्स्योरेन्सले प्रतिसेयर एक सय रुपैयाँको दरले ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार ८ सय ६० रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री