शुक्रबार, १४ वैशाख २०८१

रेनसमवेयर भाईरस बनाएर कम्प्युटर ह्याक गर्ने विद्यार्थी प्रहरी फन्दामा

समयपोष्ट २०७४ जेठ २३ गते ८:२७

वानाक्राई रेनसमवेयर भाईरस बनाएको आरोपमा जापानमा १४ बर्षिया किशोर गिरफ्तार परेका छन् । ओसाकाको एक सेकेण्डरी स्कुलका विद्यार्थी समेत रहेका उनले मानिसहरुको कम्प्युटर ह्याक गर्ने र फिरौती असुल्ने गरेका थिए । रेनसमवेयर भाईरसले प्रयोगकर्ताहरुलाई कम्प्युटरबाट कम्युनिकेट गर्ने सुविधा प्रदान गर्दै आफ्नो निशानामा पार्ने गरेको खुलेको छ  । त्यसपछि उक्त भाईरसले सो कम्प्युटर लक्ड गरिदिने र  कम्प्युटरको लक्ड खोले बापत किशोरले मानिसहरुबाट भर्चुअल करेन्सिको माग गर्ने गरेको बताईएको छ ।  
जापानको क्योडो न्युज एजेन्सीका अनुसार उक्त छात्रले आफुले भाईरस बनाएको र विदेशी वेभसाईटमा अपलोड गरेको स्विकार गरिसकेका छन् । साथै उनले प्रयोगकर्ताहरुलाई उक्त भाईरसले कसरी काम गर्छ भन्ने विषयमा जानकारी गराईसकेको समेत स्विकार गरेका छन् । उनले प्रयोगकर्तालाई उक्त भाइरस डाउनलोड गर्ने सुविधा उपलब्ध गराएको समेत स्विकारेका छन् । उक्त भाईरस १०० पटक डाउनलोड भैसकेको बताईएको छ । तर त्यस वापत कति फिरौती असुल गरियो भन्ने पुष्टि भएको छैन । 
मिडिया रिपोर्टको अनुसार किशोरले चर्चित हुँनको लागि उक्त भाईरस बनाएको बताएका छन् । वानाक्राई रेनसमवेयर भाईरसले जापान, इंग्लाण्ड फ्रांस, स्पेन, रूस, भारत र जर्मनी सहित १५० देशको कम्प्युटरलाई निशाना बनाएपछि किशोर गिरफ्तारमा परेका थिए । उक्त भाईरसले जापानको मात्र ६ सय कम्प्युटरमा हमला गरेको छ ।  जसमा हिताची र निशान समेत रहेका छन् ।   
एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री