शुक्रबार, ७ वैशाख २०८१

एप्पलले सार्वजनिक गर्यो आईप्याड,होमपोड,आईओएस ११ सहित ६ नयाँ प्रडक्ट ,यस्ता छन् फिचर्स

समयपोष्ट २०७४ जेठ २३ गते ६:१६

एप्पलले सोमबार क्यालिफोर्नियामा आयोजित वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्समा ६ नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । जुन ५ देखि ९ जुनसम्म चल्ने उक्त सम्मेलनमा एप्पलले iOS 11 अपरेटिंग सिस्टम, iPad PRO , HomePod म्यूजिक प्लेयर,  iMAC डेस्कटप रMacBook ल्यापटप सार्वजनिक गरेको हो । यसंगै एप्पलले एप्पल वॉच र ऐप स्टोर पनि सार्वजनिक गरेको छ । 

Advertisement

आइप्याड प्रोः एप्पले लामो समयपछि एप्पल फ्यान्सलाई मध्यनजर गर्दै आइप्याडको सबैभन्दा एडभान्स भर्जन प्रो लञ्च गरेको छ । 64, 256 र 512 GB मेमोरी भएको यो  iPad मा अहिलेसम्मकै सबैभन्दा फास्टेस्ट र एडभान्स फीचर्स समावेस गरिएको छ । यसको मुल्य 649 डलर देखि 1099 डलर को बिच पर्ने बताईएको छ । 10.5 इंच र 12.9 इंच साइज iPad Pro को प्री-बुकिंग मंगलबारबाट सुरु भैसकेको छ । 10.5 इंच को 64 GB भर्जन को मुल्य 42 हजार आई सि र 12.9 इंच 64 GB भर्जन को मुल्य करीब 52 हजार आई सि रहेको छ । 10.5 इंच को डिस्प्ले भएको iPad Pro मा A10X चिप, 6-कोर CPU राखिएको छ जुन अघिल्लो भर्जन भन्दा तिस प्रतिसत् फास्ट  छ  । यसको तौल 450 ग्राम,ब्याट्रीको आयु दश घण्टा र यसमा iPhone7 मा समावेस भएको क्यामेरा जडान गरिएको छ । यसबाट प्रयोगकर्ताहरुले 4K कैटेगरी को भिडियो  सुट र एडिट दुवै गर्नसक्नेछन् । यसले iPad USB 3.0 सपोर्ट गर्नुका साथै यसमा फास्ट चार्जिंग सुविधा उपलब्ध छ । 

HomePod :-  एप्पलले म्यूजिक पावर लाई HomePod को रुपमा सार्वजनिक गरेको छ । 7 इंच को  यस होम म्यूजिक प्लेयर मा 4 इंच को वूफर समावेस गरिएको छ । जसमा एप्पलको सबैभन्दा पावरफुल मानिएको A8 चिपको सपोर्ट दिएको छ । यो 3D मेश फैब्रिकबाट कभर गरिएको छ जसलाई गुगले भर्खरै लञ्च गरेको स्पिकर सिस्टम GoogleHome लाई दिएको प्रतिक्रिया बताइएको छ । 

iOS 11 :– यसमा ऐप ड्रॉवर नामक नया फंक्शन दिइएको छ जसमा प्रयोगकर्ताले कुनै पनि एपलाई क्विक एक्सेस गर्नसक्छन् । यसलाई iCloud इंटीग्रेट गरिएको छ भने सीरी प्याल्टफर्ममा नयाँ भिजुअल इन्र्टफेस जोडिएको छ । यसमा ट्रांसलेशनको नयाँ फिचर समावेश गरिएको छ ।  

iMac र MacBook: – नयाँ तथा आकर्षक डिस्प्ले सहित iMac को Pro भर्जन सबैभन्दा एडवांस 18-कोर जेनन प्रोसेससंगै बजारमा उपलब्ध हुँनेछ । यो हार्डकोर ग्राफिक प्रोफशनल्सलाई ध्यानमा राख्दै निमार्ण गरिएको छ । यसको मुल्य सवा तिन लाख आई सि भन्दा बढी पर्ने बताईएको छ । यो प्रडक्ट डिसेम्बरसम्म बजारमा उपलब्ध हुँनेछ । Mac एप्पलको अहिलेसम्मकै सबैभन्दा पावरफुल कम्प्युटर रहेको बताईएको छ ।  

MacBook : – यसमा पनि थुप्रै परिवर्तनहरु गरिएका छन् । यसमा इंटेल को सबैभन्दा लेटेस्ट 'Kaby Lake' प्रोसेसर को सपोर्ट छ । यसको बुकिंग र शिपिंग समेत सुरु भैसकेको छ । फिनिशसंगै यो एप्पल iMac सीरीजको सबैभन्दा पॉवरफुल ल्यापटप हो । 

App Store:- यसले सम्पुर्ण एप्स ट्याब देखाउँदै टुडे नामक युजरलाई स्वागत गर्ने जनाईएको छ । यसको साथै यसमा गेम ट्याब पनि दिएको छ जसले मनपरेको गेम सर्च गर्न प्रयोगकर्ताहरुलाई सजिलो बनाउँनेछ । 

Apple वॉच– यस वाचमा नयाँ अपरेटिंग सिस्टमंसंगै सीरीलाई ज्यादा प्रोएक्टिव बनाईएको छ । यसलाई एप्पल वॉचमा नयाँ डिजाईनको साथ प्रयोग गर्दै भर्चुअल असिस्टेंट दिएको छ । यस वाचलाई OS-4 नामाकण गरिएको छ भने एप्पलको नयाँ डिजाईन वाच डिजनी क्यारेक्टर मिकी र मिनीसंग उपलब्ध हुँने बताईएको छ ।
एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री