शनिबार, १५ वैशाख २०८१

निती शाहलाई ‘यामाहा मिस फेसिनो’ को अवार्ड

समयपोष्ट २०७४ जेठ २२ गते ३:५७

मिस नेपालको प्रतियोगितामा सम्मिलित प्रतियोगीहरु मध्ये निती शाह ‘यामाहा मिस फेसिनो’ को अवार्ड जितेकी छिन् ।
 मिस नेपाल प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धाको अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले शाहलाई सो अवार्ड प्रदान गरे ।
 मिस नेपाल २०१७ का प्रतियोगीहरुका लागि यामाहाले ‘यामाहा फेस अफ फेसिनो’ प्रतियोगिताको आयोजना गरेको थियो । यसअन्तर्गत मिस नेपाल प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा छनौट भएका १९ जना प्रतिनिधिहरु फेसबुक तथा सोरुम भोटिङ प्रतियोगितामा सम्मिलित भएका थिए । 
भोटिङका लागि यामाहाको फेसबुक पेजमार्फत भोटरले आफूलाई मनपरेको एक वा बढी प्रतिस्पर्धीलाई भोटिङ गर्न सक्ने र एक भाग्यशाली भोटरले यामाहा फेसिनो तथा सामसुङ एस ८ मोबाइल जित्न सक्ने व्यवस्था गरिएको थियो । यामाहाले मिस नेपाल र मिस फेसिनोलाई एक एक वटा फेसिनो स्कुटर उपलब्ध गराएको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री