शुक्रबार, १४ वैशाख २०८१

अल न्यू रेनल्ट क्विड एएमटी नेपाली बजारमा ,यस्तो छ मुल्य

समयपोष्ट २०७४ जेठ १८ गते ७:३१

नेपालका लागि रेनल्टको आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले 'अल न्यू रेनल्ट क्विड एएमटी' गाडीको बिक्री नेपालमा सुरु भएको छ । गाडीको सुरुवाती मूल्य २० लाख ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । 

Advertisement

रेनल्ट क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको कम्पनीको दावी छ ।कम्पनीका अनुसार गाडीमा ड्यास माउन्टेड एएमटील डालयमा रिजर्भका लागि आर, न्युट्रलका लागि एन र ड्राइभका लागि डी गरि तीन मोड रहेको छ । 

यो गाडी चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्ने जनाइएको छ ।

श्रेणीको पहिलो एएमटी मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

भारतमा रेनो क्विड एएमटीको मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्तिहरुले प्रयोग गरिरहेको प्रवृत्ति जस्तै रेनल्ट नेपालले पनि यस तहका मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्ति लक्षित गरी नेपाल ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो गाडी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री