बिहीबार, १२ असार २०८२

रास्वपाको महामन्त्रीमा दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट न्यायाधीश रेग्मीको इजलासमा

समयपोष्ट २०८२ असार १२ गते १२:००

Advertisement

डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीको रूपमा काम गर्न पाउनुपर्ने माग राख्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दैछ। न्यायाधीश कुमार रेग्मीको इजलासमा यो मुद्दाको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।

ढकालले आफूलाई रास्वपाको महामन्त्रीको हैसियतमा काम गर्न दिन परमादेश र उत्प्रेषणसहितको आदेश माग गर्दै रिट दायर गरेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएका छन्।

बुधबार दायर भएको यो रिटमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री