बिहीबार, १२ असार २०८२

असार १५ गते सार्वजनिक बिदा

समयपोष्ट २०८२ असार १२ गते ११:५८

Advertisement

कर्णाली प्रदेश सरकारले आगामी असार १५ गते (धान दिवसको अवसरमा) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै जुम्लाबाहेकका ९ जिल्लामा बिदा लागू हुने जनाएको छ। मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीका अनुसार, २०८१ चैत १७ गतेको मन्त्रिपरिषद् निर्णयका आधारमा बिदा प्रदान गरिएको हो।

“राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक अन्य जिल्लाहरूमा मात्र सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो,” सूचनामा उल्लेख गरिएको छ।

जुम्ला जिल्लामा भने धान रोपाइँको सिजन चैत महिनामै हुने भएकोले त्यहाँका लागि सार्वजनिक बिदा चैत १२ गते दिइने परम्परा रहिआएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रत्येक वर्ष धान दिवसको अवसरमा विशेष कार्यक्रमसमेत गर्दै आएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री