बिहीबार, १२ असार २०८२

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी नेता जेलेन्स्कीबीच हवाई प्रतिरक्षा र ड्रोन सहयोगबारे छलफल

समयपोष्ट २०८२ असार १२ गते १४:२९

Advertisement

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गर्नुभएको छ ।

कुराकानीलाई ‘राम्रो बैठक’ को रूपमा वर्णन गर्दै युक्रेनी नेताले एक्समा गरेको पोस्टमा राष्ट्रपति ट्रम्पलाई हालैको इरानविरूद्धको अमेरिकी आक्रमणलाई सङ्केत गर्दै ‘मध्य पूर्वमा सफल अपरेशन’ को लागि बधाई दिनुभएको छ । अमेरिकी आक्रमणले इरानको आणविक र ड्रोन पूर्वाधारको प्रमुख उत्पादन केन्द्रलाई लक्षित गरेको थियो भने आक्रमणबाट इरानका तीन वटा हतियार निर्माणस्थल ध्वस्त भएका थिए ।

जेलेन्स्कीले भन्नुभयो, “हेगमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग मेरो भेटवार्ता भएको छ । वार्ता सकारात्मक भयो। मैले राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वमा सफल अभियानका लागि बधाई दिएँ । यो महत्त्वपूर्ण छ कि अमेरिकी कार्यहरूले उनीहरू (इरानी)को आणविक कार्यक्रम मात्र होइन उनीहरूको ड्रोन उत्पादन क्षमतालाई पनि कमजोर पारेको छ।”

बैठकको एउटा मुख्य विषय भनेको युक्रेनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई निरन्तरता दिनुथियो ।

Advertisement

जेलेन्स्कीले भन्नुभयो, “युक्रेनले सक्रिय रूपमा आफ्ना शहर, महत्त्वपूर्ण पूर्वाधार, चर्च र नागरिक जनसङ्ख्याको सुरक्षाको लागि अमेरिकामा निर्मित हवाई रक्षा प्रणालीहरूको खरीदलाई जोड दिइरहेको छ । यस प्रयासमा युरोपेली व्यापक सहयोगका लागि पनि आग्रह गर्दछ।

दुई नेताले अमेरिका र युक्रेनबीच ड्रोनको सह–उत्पादनको सम्भाव्यताबारे पनि छलफल गरेका छन् ।

किएभले आफ्नो घरेलु रक्षा उद्योगलाई बढाउन चाहन्छ र पश्चिमी सुरक्षा आपूर्ति श्रृङ्खलामा योगदान पुर्याउँदछ।

भेटमा युक्रेनका राष्ट्रपतिले इस्तानबुलमा हालै सम्पन्न प्राविधिक बैठकका बारेमा पनि ट्रम्पलाई जानकारी गराउनुभएको थियो । इस्तानबुलमा कैदीहरूको आदानप्रदान र मृतकहरूको स्वदेश फिर्तीलगायतका मानवीय मुद्दाहरूमा छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “हामीले अमेरिकी राष्ट्रपतिसँग युक्रेनी जनताको सुरक्षा, हाम्रा शहर, चर्च र पूर्वाधारहरूलाई जोगाउन अमेरिकी हवाई रक्षा प्रणालीको खरीदसम्बन्धी बिषयमा कुरा ग¥यौँ । युक्रेन यो उपकरण किन्न र अमेरिकी हतियार निर्माताहरूलाई सहयोग गर्न तयार छ । हामीले ड्रोनको सह–उत्पादनको सम्भावनाको बारेमा पनि छलफल गर्यौं। हामी एकअर्कालाई बलियो बनाउन सक्छौँ ।”

युक्रेनी राष्ट्रपतिले भन्नुभयो, “मैले राष्ट्रपतिलाई इस्तानबुलमा प्राविधिक टोलीको बैठक, कैदीको आदानप्रदान र मृतकको शब आदानप्रदानको बारेमा पनि जानकारी दिएँ।”

उहाँले भन्नुभयो, “आदानप्रदान अन्तर्गत रुसले कतिपय आफ्ना सैनिकको शव हस्तान्तरण गरेको छ । उनीहरूका आफन्तको पहिचानका लागि किएभमा अहिले फरेन्सिक परीक्षण भइरहेको छ।”

जेलेन्स्कीले युद्धभूमिमा भएको पछिल्लो घटनाक्रमबारे पनि ट्रम्पलाई जानकारी गराउनुभएको थियो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेको प्रगतिको खण्डन गर्ने तथ्यात्मक विवरण प्रस्तुत गर्नुभएको थियो ।

युक्रेनी नेता जेलेन्स्कीले भन्नुभयो, “हामीले युद्धभूमिको अवस्थाबारे कुरा गर्यौं। पुटिनले पक्कै पनि जितिरहेका छैनन् । मैले राष्ट्रपतिलाई वास्तवमा धरातलमा के भइरहेको छ भन्ने तथ्यहरू उहाँसामु प्रस्तुत गरेँ।”

“बैठक र तपाईंको समर्थनको लागि धन्यवाद। म हाम्रा नागरिकहरूको बारेमा साँच्चिकै दयालु शब्दहरूको लागि पनि आभारी छु। युक्रेन र रुसबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै हामी सहकार्य गरिरहनेछौं,” जेलेन्स्कीले थप्नुभयो ।

स्थानीय समयअनुसार मङ्गलबार दक्षिणपूर्वी युक्रेनमा मस्कोले गरेको क्षेप्यास्त्र आक्रमणमा १७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

रुसले सीमा क्षेत्र भोरोनिश क्षेत्रलगायत विभिन्न क्षेत्रमा रातारात दर्जनौं ड्रोनलाई रोकेको र रुसी सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको डायलिभ्का गाउँलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

यसैबीच, नेटोका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षा र सुरक्षासँग सम्बन्धित ‘मुख्य प्रतिरक्षासम्बन्धी आवश्यकता’ का क्षेत्रमा लगानी गरी आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री