त्रिभुवन र पोखरा विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर
समयपोष्ट
२०८२ असार १२ गते ११:२०
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्राधिकरणको बुधबार बसेको बैठकले यो निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
निर्णयअनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा गरिएको छ। उनको स्थानमा प्राधिकरणका पूर्वप्रवक्ता हंसराज पाण्डेलाई नियुक्त गरिएको छ।
यसैगरी, पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।
प्रतिक्रिया