इरानी राष्ट्रपति पेजेस्काइसँग मोदीको टेलिफोन संवाद, बढ्दो क्षेत्रीय तनावप्रति गहिरो चासो
समयपोष्ट
२०८२ असार ८ गते १६:०७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति मसुद पेजेस्काइसँग टेलिफोन संवाद गर्दै पछिल्लो क्षेत्रीय तनावप्रति गहिरो चासो व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत राष्ट्रपति पेजेस्काइसँगको कुराकानीबारे जानकारी दिँदै हालैको बढ्दो तनाव र क्षेत्रीय शान्तिको विषयमा गहिरो चिन्ता व्यक्त गरेको उल्लेख गरेका छन्।
उनले टेलिफोन वार्तामा तनाव तत्काल कम गर्न, संवाद र कूटनीतिक माध्यममार्फत समाधान खोज्न र क्षेत्रीय शान्ति तथा स्थायित्वको छिटो पुनःस्थापना गर्न भारतको अडान दोहोर्याएका छन्।
यो संवाद इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण गरेपछि भएको हो। उक्त आक्रमणपछि पश्चिम एसियामा पुनः तनाव चुलिँदै गएको सन्दर्भमा भारतले संयम र शान्तिको पक्षमा स्पष्ट सन्देश दिएको देखिएको छ।
प्रतिक्रिया