भारतबाट ३५ नेपालीको उद्धार

समयपोष्ट २०८२ असार ७ गते २२:०७

Advertisement

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्ड राज्यको काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको उद्धार गरेको छ।

दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा ती नेपालीहरूको उद्धार गरिएको जानकारी दिएको हो। आकर्षक रोजगारीको प्रलोभनमा परी भारत पुर्‍याइएका ती नेपालीलाई स्थानीय गिरोहले बन्धक बनाई कुटपिट र यातना दिँदै विभिन्न बहानामा पैसा असुल गर्ने गरेको आरोप लागेको छ।

उद्धारका क्रममा उत्तराखण्ड प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको पनि दूतावासले जनाएको छ।

दूतावासले घटनाको गम्भीरता बुझी भारतस्थित सम्बन्धित निकायहरूसँग समन्वय गरी पीडित नेपालीहरूको सकुशल उद्धार गरेको र उनीहरूको आवश्यक सहयोगका लागि थप प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री