तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने
समयपोष्ट
२०८२ असार ४ गते १३:५२
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ३ गते देखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको जनाएको छ ।
चीनको प्रहरी कार्यालयबाट उक्त सूचना प्राप्त भएको भन्दै प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार जारी गरेको सूचनामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रको तटीय क्षेत्रमा बस्ने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
प्रतिक्रिया