सोमबार, ९ असार २०८२

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

समयपोष्ट २०८२ जेठ २७ गते १२:४१

Advertisement

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघेको छ। वैशाख मसान्तसम्म देशको कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यो चैत महिनाको अन्त्यमा रहेको २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो।

सञ्चितिमा आएको यो वृद्धिको मुख्य कारण वैशाख महिनामा रेमिट्यान्स आप्रवाहमा देखिएको ऐतिहासिक सुधार हो। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। चालु आर्थिक वर्षको यो अवधिसम्म कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

बढ्दो सञ्चितिको असरस्वरूप अहिलेको विदेशी मुद्रा सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री