मंगलबार, १० असार २०८२

चालू खाता साढे दुई खर्बले बचतमा, शोधनान्तरमा पनि सुधार

समयपोष्ट २०८२ जेठ २७ गते १२:२४


चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा नेपालको चालू खाता तथा शोधनान्तर स्थितिमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।

Advertisement

अमेरिकी डलरमा हेर्दा, चालु खाता अघिल्लो वर्ष १ अर्ब ४५ करोडले बचतमा रहेकामा यस वर्ष सो रकम १ अर्ब ८९ करोडमा पुगेको छ।

चालु अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब २६ करोड थियो। यस्तै प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) १० अर्ब ६० करोड पुगेको छ। यो अघिल्लो वर्षको ७ अर्ब ५ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

शोधनान्तर स्थिति पनि मजबुत रूपमा सकारात्मक देखिएको छ। चालू आवको दश महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ३ खर्ब ९२ अर्ब ६४ करोड थियो। अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्ष २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ३ अर्ब २३ करोड पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री