मंगलबार, १० असार २०८२

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार रूख रोप्ने लक्ष्य

समयपोष्ट २०८२ जेठ २६ गते १६:३९

Advertisement

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ, जसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई जोड दिएको छ।

कार्बन अकाउन्टिङ फाइनान्सियल (PCAF) पद्धतिमा आधारित यो प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्टको मापन गरेको छ।

उक्त आर्थिक वर्षमा बैंकको कुल कार्बन उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर (tCO₂e) रहेको छ। व्यापार कर्जाबाट १९०,२९३.४२ tCO₂e, परियोजना वित्त (जलविद्युत बाहेक) बाट ७०५.५६ tCO₂e, गाडी कर्जाबाट १,५२८.९८ tCO₂e र घर कर्जाबाट ९,४८५.४६ tCO₂e उत्सर्जन भएको छ। बैंकको जलविद्युत परियोजनामा गरेको लगानीले २०,३४७.११ tCO₂e उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याएको छ, जसले स्वच्छ ऊर्जाप्रतिको बैंकको प्रतिवद्धतालाई झल्काएको छ ।

नेपालको सन् २०४५ सम्मको नेट शून्य उत्सर्जन लक्ष्यलाई समर्थन गर्दै, बैंकले ग्रीन फाइनान्स, ऊर्जा-कुशल कर्जा र वातावरणीय जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको छ। साथै, थ्रीआर (Reduce, Reuse, Recycle) दृष्टिकोणलाई कार्यसञ्चालन र ग्राहक सेवामा लागू गरिएको छ।

Advertisement

यसै क्रममा, बैंकले “मिसन १०,०००” अन्तर्गत चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने लक्ष्य राखेको छ, जसअन्तर्गत हालसम्म ७,५०० रूख रोपिसकिएको छ। यो पहलले बैंकको जलवायु संरक्षणप्रतिको प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गरेको छ।

आगामी दिनमा बैंकले थप कर्जा वर्गहरू समावेश गरी कार्बन उत्सर्जन मापनमा पारदर्शिता र जवाफदेहिता कायम राख्ने लक्ष्य राखेको छ। यी प्रयासहरू बैंकको दिगोपन रणनीतिको मुख्य आधार बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री