सोमबार, १९ जेठ २०८२

नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामग्री वितरण

समयपोष्ट २०८२ जेठ १९ गते १६:०९

Advertisement

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा नं. ०४, मनौरास्थित श्री राम जानकी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्मार्ट बोर्ड र खेलकुद सामग्री प्रदान गरेको छ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले एक विशेष समारोहका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई यी सामग्रीहरू हस्तान्तरण गरे। कार्यक्रममा बैंकका उच्च पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षकहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आएको छ। बैंकले विगत ३१ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ र हाल देशभर १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

यो पहलले विद्यार्थीहरूको शैक्षिक वातावरण र खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री