पप्पु कन्स्ट्रक्सनका सञ्चालककी बुहारी पक्राउ
समयपोष्ट
२०८२ जेठ २२ गते १३:२३
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ।
पर्सा प्रहरीको पत्राचारपछि काठमाडौंस्थित अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी उनलाई पर्सा पठाउने तयारी गरिरहेको कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
“पक्राउ परेकी श्रुती रौनियारमाथि प्रारम्भिक अनुसन्धानपछि अब पर्सा पठाइँदै छ,” एसएसपी बस्नेतले भने।
प्रतिक्रिया