मंगलबार, २० जेठ २०८२

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

समयपोष्ट २०८२ जेठ २० गते ९:५३

Advertisement

झापास्थित कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । उहाँले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री