न्यूजर्सीको नेपाल डे मा सामाजिक अभियन्ताहरु सम्मानित, प्रत्येक वर्ष कार्यक्रम गरिने
न्यूजर्सीमा पहिलो पटक नेपाल डे कार्यक्रम सफल रुपमा सम्पन्न भएको छ । गत शनिबार सम्पन्न भएको कार्यक्रममा यस वरपरका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो नेपाल डे कार्यक्रम सम्पन्न भएपछि आयोजकहरुले प्रत्यक वर्ष यो कार्यक्रम गर्ने बताएका छन् । त्यसका लागि फेरलन सिटी सकारात्मक भएको र नेपाल डे कार्यक्रमका लागि छुट्टै संस्था निर्माण गरी अघि बढ्ने योजना रहेको नेपाल डे कार्यक्रमका निर्देशक सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो ।
फेरलनमा नेपाल डे कार्यक्रमको परिकल्पनाकार समाजसेवी राजेन्द्र श्रेष्ठ, सञ्जिव श्रेष्ठ र सत्यन्द्र शाहको नेतृत्व र स्थानीय सामाजिक संघसंस्थाको सहकार्यमा कार्यक्रम सफल भएको हो । कार्यक्रमका लागि करिव १७ हजार डलर खर्च अनुमान गरिएको र त्यसका लागि विभिन्न व्यक्ति, संस्था र व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा फेरलन सिटीले नेपाल डे कार्यक्रमका निर्देशक सञ्जिव श्रेष्ठ र सत्यन्द्र शाहलाई सम्मानपत्र प्रदान गरेको थियो । त्यस्तै कार्यक्रम सफल हुनुमा नेपाल डे कार्यक्रमका मिडिया कोअर्डिनेटर एवं सञ्चारकर्मी विक्कि पुलामीको योगदान प्रशंसायोग्य छ । उहाँलाई पनि फेरलन सिटीले प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
त्यस्तै ग्रेटर जर्सी नेपाली समाजका अध्यक्ष महेश मल्ल, एनआरएन न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुंग, एनआरएन अमेरिकाका पूर्व आरसी समर बुढाथोकी,एनआरएन न्यूजर्सी च्याप्टरका पूर्व अध्यक्ष सूर्य तिवारी, न्यूजर्सी नेपाली समाजका अध्यक्ष कल्याण श्रेष्ठ, कलाकार कविना महर्जन र समाजसेवी राज अधिकारीलाई फेरलन सिटीले प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रम सम्पन्न भएपछि नेपाल डे का अध्यक्ष राजेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले फेरलन सिटीका मेयर र उपमेयर, पार्क तथा रिक्रियसन विभाग, फेरलन प्रहरी, फेरलन चेम्बर अफ कमर्श र फेरलन सनराईज रोटरी क्लवलाई विशेष धन्यवाद दिनुभएको छ । त्यस्तै फेरलनको इन्डियन समुदाय र स्थानीयवासीलाई उहाँले धन्यवाद दिनुभएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार संघ, अमेरिका, बसन्त डान्स सेन्टर, नेवाः समुदाय न्यूयोर्क एवं न्यूजर्सी, ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, फ्रेन्डस् अफ न्यूजर्सी, एनआरएन न्यूजर्सी च्याप्टर, हड्सन स्पीकस्, जनजाति महासंघ, वायने रोविन्स, डिजे जांवु शेर्पा, नर्थ जर्सी नेपाली समुदाय तथा अन्य व्यक्ति र समुदायलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
त्यस्तै उहाँले कार्यक्रम सफल बनाउनका लागि स्पोन्सर गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । कार्यक्रमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण योगदान गर्ने सञ्चारकर्मी विक्कि पुलामी र सुवेक्षा खड्कालाई श्रेष्ठले धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया