पुर्व प्रधानमन्त्रीको रापाई : बाबुरामले खेतै जोते, देउवाले औपाचारिकता मात्र गरे पुरा (फोटोफिचर)

आज असार १५ अर्थात धान दिवस । पुर्व प्रधानमन्त्री देखि मन्त्रीसम्म आज धान रोपाई गर्दै गरेको देखिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज धान रोप्न भक्तपुर बागेश्वरी पुगे भने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रोपाईंमा सहभागी हुँन गोरखा ।

Advertisement

भट्टराई सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोतेर हिल्याउने र धान रोप्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।

यस्तै नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा सहभागी भए । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा चिटिक्क परेको सर्ट पाईण्टमा माला लगाउँदै रोपाई गरेको देखिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री