‘३६ सालतिर चुपलाग जनमत संग्रह भाँडिन्छ भन्ने चलन थियो, अहिले त्यस्तै भएको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र जान्छ भनी भ्रम फैलाउने कुरा देशका लागि हितकर नहुँने बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई
सम्बोधन गर्दै उनले केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनी भ्रम फैलाउने कुरा देशका लागि हितकर नहुँने बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘३६ सालतिर चुपलाग चुप लाग जनमत संग्रह भाँडिन्छ भन्ने चलन चलेको थियो, अहिले त्यस्तै भएको छ ।’

Advertisement

प्रधानमन्त्री ओलीले कसैले किस्तिमा सजाएर दिएको लोकतन्त्र उपभोग गरेको नभै रगतले ल्याएको लोकतन्त्र उपभोग गरेको बताए । लोकतन्त्रका लागि ४५/५० बर्षदेखि आफुहरुले गरेको संघर्षलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसबेला देखिका हाम्रा आफ्नै भोगाई र पीडा छन् । लोकतन्त्र बलियो बनाउन सक्छौं, आजको आवश्यकता त्यो हो । फेरि लोकतन्त्र जान्छ क्यार भन्ने शंका छ । लोकतन्त्र जान्छ भने आउँछ के ?, कहाँबाट आउँछ ?’

यस्तै प्रधानमन्त्री ओलीले अधिनायकवाद आउँछ भनेर हाउगुजी फैलाउँन खोजिएको बताए । उनले अधिनायकवाद आउँछ भन्नु ‘चाइने क्यारे माने’ जस्तो भएको बताए । उनले उदाहरण दिँदै भने,‘बजारमा तरकारी किन्न जानेले चाइने क्यारे माने यो देऊ, ऊ देऊ भनेजस्तो अधिनायकवाद आउँछ भनेर हाउगुजी फैलाइयो ।’

प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नको ब्यंग्यात्मक जवाफ दिँदै भने,‘प्रधानमन्त्री गाडीमा चढेर हिँडछ यो अधिनायकवादको खतराको संकेत हो भनिन्छ । कास्की कोटको राजा, गोरखाको राजा गाडी चढ्दैनथ्यो । कास्कीकोटमा घोडा त जान मुस्किल थियो अनि कसरी गाडी चड्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री