मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य
समयपोष्ट
२०७५ असार १४ गते १३:३४
मुक्तिनाथ विकास बैंक लि. र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र हस्पिटलको तर्फबाट प्रवन्ध निर्देशकसुरज बलया श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटलमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया