शुक्रबार, ७ वैशाख २०८१

प्रतिनिधिसभामा ओलीको सम्बोधन भोलि

समयपोष्ट २०७५ असार ११ गते १०:१९

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण र त्यसक्रममा भएका सहमतिबारे संसदलाई जानकारी दिन तय गरिएको कार्यसूची स्थगित भएको छ ।
उनले भोलि मात्र संसदलाई सम्बोधन गर्ने भएका छन् । तयारी नपुगेको भन्दै आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित गरिएको हो ।

Advertisement

प्रधानमन्त्री ओलीको आज दिउँसो २ बजे संसदलाई सम्बोधन गर्ने समय तय भएको थियो । गत असार ५ गते चीनगएर १० गते फर्केका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत एक दर्जन बढी विषयमा सहमति भएको थियो ।

यसअघि गत साता प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नु अघिल्लो दिन भ्रमणका एजेण्डा र उद्देश्यबारे संघीय संसदका दुवै सदनलाई जानकारी गराएका थिए ।
सरकार प्रमुख विदेश भ्रमणमा जानुअघि र फर्केपछि संसदलाई जानकारी गराउने परम्परा छ ।

यसैवीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबारै जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री