शुक्रबार, १६ चैत २०८०

प्राधिकरणका प्राविधिक घुस लिँदै गर्दा पक्राउ

समयपोष्ट २०७५ असार १० गते १५:३२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आज पक्राउ गरेको छ ।

Advertisement

मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री