शुक्रबार, ७ वैशाख २०८१

एसईईको नतिजा कमजोर आउँनुको कारण के ? यसो भन्छ बोर्ड

समयपोष्ट २०७५ असार १० गते १२:५८

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसर्ईई) को नतिजा कमजोर नरहेको दावी गरेको छ । आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले ग्रेडिङका कारण एसर्ईईको नतिजा कमजोर देखिएको भनाई सत्य नभएको स्पष्ट पारेका हुन् ।

Advertisement

यद्यपि उनले एसईईको नतिजा अपेक्षा अनुसार नभएको भने स्वीकार गरे । पौडेलले पाठ्यक्रम अनुसार पठनपाठन नभएका कारण एसईईको नतिजा कमजोर देखिएको स्पष्ट पारे । उनले पाठय्क्रमको उद्देश्य अनुसार पठनपाठन गराउन पनि सबै विद्यालयहरुलाई सचेत गराए ।

उनले लगानीको अभावमा सरकारी विद्यालयको पठनपाठन कमजोर भएको तर्क गर्दै एसर्ईईको परीक्षा प्रणालीमा भने व्यापक सुधार आएको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री