शनिबार, १५ वैशाख २०८१

नेपाली सेनाका मेजर ब्राउन सुगर सहित पक्राउ

समयपोष्ट २०७५ असार १० गते ६:०६

नेपाली सेनाका मेजर ५४ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही र ब्राउन सुगर कारोबारी रिम पौडेललाई पक्राउ गरेको हो ।

Advertisement

मेजर शाही ब्राउन सुगर खरिद गर्न गएको भन्ने सूचनाका आधारमा छापा मार्दा प्रहरी बाँकेको ढकरीबाट ५४ ग्राउ ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरिएको बताईएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मेजर शाही श्री मेयर गण,शम्सेरगञ्जमा कार्यरत छन् । पौडेल लागुऔषधका ठूला कारोबारी भएको प्रहरीको दाबी छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री