शनिबार, १५ वैशाख २०८१

गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण

समयपोष्ट २०७५ असार १० गते ५:५५

गोर्खा वेलफेयर ट्रष्टले यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण गरेको छ ।

Advertisement

ट्रष्टले भूकम्प प्रतिरोधी दुई तले उक्त भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरेको छ । भवन हस्तान्तरण गर्दै ट्रष्टका डेपुटी डाइरेक्टर जोन ह्वाइटले स्वयंसेवी रुपमा आर्थिक सहयोग जुटाएर भवन बनाएको बताउनुभयो ।

उहाँका अनुसार विद्यालय भवन निर्माणको लागि इङ्ल्याण्डकी मारगरेट यमी फिलिप्स्को छोरीहरुले सघाएका थिए ।
“भूकम्पपछि करीब ११ हजार निजी घर निर्माण गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले विद्यालय भवन निर्माणमा पनि जुटेका छौँ ।” देशभर गरी भूकम्पले क्षति पु¥याएका ३४ वटा विद्यालय भवन निर्माण गरिएको ट्रष्टले जनाएको छ । जिल्ला शिक्षा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले ट्रष्टले विद्यालय भवन बनाएर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले भूकम्पले क्षति पु¥याएको विद्यालयको मुहार फेरिएको बताउनुभयो ।
ट्रष्टको ९० प्रतिशत र विद्यालयको १० प्रतिशत गरी कूल रु एक करोड ३९ लाखमा भवन निर्माण भएको ट्रष्टका सब–इञ्जिनियर लक्ष्मण मल्लले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री