बिहीबार, १५ चैत २०८०

चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

समयपोष्ट २०७५ असार १० गते ५:१२

छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे ।

Advertisement

प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । भ्रमणका उपलब्धीबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री