शनिबार, ८ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद आजबाट खुल्यो

समयपोष्ट २०७५ असार ८ गते ६:३५

प्रभु इन्स्योरेन्सले आजबाट ४६ प्रतिशत हकप्रद निश्कासन गरेको छ । कम्पनीले चुक्ता पुँजीको ४६ प्रतिशत अर्थात ३१ लाख ६६ हजार ६७७ दशमलव ६३ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।

Advertisement

कम्पनी हकप्रद निश्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि जेठ १४ गते सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रदमा असार ८ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री