शनिबार, १५ वैशाख २०८१

चिनियाँ प्रधानमन्त्री खछ्याङ र प्रधानमन्त्री ओली बीच ४५ मिनेट भेटवार्ता

समयपोष्ट २०७५ असार ७ गते १०:१४

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खछ्याङवीच भेटवार्ता सम्पन्न भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको हो ।

Advertisement

त्यसक्रममा दुई देशको आपसी हित र सहयोग आदान प्रदानबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ओली गत असार ५ गते ११९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन् । प्रधानमन्त्री आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री