शुक्रबार, १६ चैत २०८०

गायक उदितनारायण झाको घरमा यसरी भयो मजदुरको मृत्यु

समयपोष्ट २०७५ असार ७ गते १०:०४

चर्चित गायक उदितनारायण झाको घरमा आज एक जना मजदुरको मृत्यु भएको छ । गायक झाको सप्तरी हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर एक जना भारतीय मजदूरको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा भारतकको भटनिया निवासी २५ बर्षिया सञ्जीतकुमार यादव रहेको प्रहरीले जनाएको छ । नयाँ घरको निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा रड ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुगेको थियो । रड विद्युतीय तारमा छोएलगत्तै करेन्ट लागेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री