बिहीबार, १५ चैत २०८०

तरुण दलको बिरोध के का लागि ?

समयपोष्ट २०७५ असार ७ गते ९:०७

नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध ¥याली निकालेको छ । पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको ¥याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

Advertisement

कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरे ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको भन्दै उनले सरकार निरंकुश बन्दै गएको आरोप लगाए ।

कोणसभामा नेपाल तरुण दल क्षेत्र नं २ का सभापति डिआर भट्टराई, नेपाल तरुण दल पर्वतका अध्यक्ष राजु मल्ल, तरुण दलका पूर्वनगरसभापति सुरजजंग राणालगायतले मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री