बिहीबार, ६ वैशाख २०८१

घलेम्दी हाइड्रोले साढे ५ करोडको साधारण सेयर निष्कासन गर्ने

समयपोष्ट २०७५ असार ७ गते ८:१२

नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्रो लिमिटेडलाई साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

Advertisement

कम्पनीले पहिलो चरणमा जलविद्युत आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ । स्थानीयलाई शेयर जारी गरीसकेपछि कम्पनीले सर्वसाधारणको लागि शेयर जारी गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्णको अन्तिम चरणमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री