शुक्रबार, १४ वैशाख २०८१

नायिकालाई एक रातको रेट सोध्दा आयो यस्तो जवाफ

समयपोष्ट २०७५ जेठ २८ गते ११:५२

नायिका, मोडल र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात पछिल्लोपटक श्रीमानसँग अलग्गिएपछि लगातार चर्चामा छाइरहेकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् त्यहाँ उनले विभिन्न तस्बिरसहित आफ्नो दिनचर्याबारे जानकारी दिने गरेकी छिन् ।

Advertisement

हालै सोफियालाई एक प्रयोगकर्ताले अश्लिल मेसेज पठाएपछि उनी भड्किएकी छिन् । त्यसपछि उनले ती व्यक्तिलाई पाठ पढाउनका लागि च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

सोफियालाई इन्स्टाग्राम अकाउन्ट @abidhussain_1 बाट अश्लिल मेसेज पठाइएको थियो । ती व्यक्तिले सोफियालाई उनको एक रातको मूल्य सोधेका थिए । सोफियाले उनलाई गतिलो जवाफ दिएको स्क्रिनसटक सेयर गरेकी छिन् ।

सोफियाले ती व्यक्तिको जवाफमा लेखेकी छिन्, ‘पहिले आफ्नी आमा त्यसपछि बहिनी र श्रीमतीलाई सोध्, उनीहरुले तँलाई एक रातको रेट बताउनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री