स्थानीय तहलाई सडक बत्तीको ६० महिनासम्मको बक्यौता रकम किस्ताबन्दीमा बुझाउने सुविधा
समयपोष्ट
२०८१ असार १६ गते १०:१६
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिने भएको छ ।
प्राधिकरणले विद्युतको बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिने आज जारी सुचनामा उल्लेख छ ।
प्राधिकरणका अनुसार सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।
सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ ।
प्राधिकरणका अनुसार स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेबाफत करिब ६ अर्बभन्दा बढी बक्यौता छ । गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।
तर सडक बत्तीको महसुलको विषयमा प्राधिकरण र स्थानीय तहबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।
प्रतिक्रिया