शुक्रबार, ९ जेठ २०८२

प्राइम कमर्सियल बैंकका सञ्चालक बज्राचार्यसहित पाँच पक्राउ

समयपोष्ट २०८१ असार ११ गते १८:४४

Advertisement

प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ परेका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले ठगी आरोपमा बज्राचार्यसहित पाँच जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ लाजिम्पाटका ६८ वर्षीय नरेन्द्र बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिका ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जिवी पौडेल र स्याङ्जाका शान्ति रमण पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोप उनीहरु माथि लागेको छ ।

उनीहरुले १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री