शुक्रबार, ७ कार्तिक २०८२

यूनाइटेड अजोडको १५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित

समयपोष्ट २०८१ जेठ ३१ गते २०:०७

Advertisement

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री