शुक्रबार, ७ असार २०८१

बागमतीका निलम्बित मेयरविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर, ३० करोड २९ लाख रुपैयाँ बढी मागदाबी

समयपोष्ट २०८१ जेठ २९ गते १७:१८

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको हो ।

थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यसअघि अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै मुद्धा दायर गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री