
मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग द्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।









प्रतिक्रिया