मंगलबार, ८ जेठ २०८१

टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

समयपोष्ट २०८० असार १० गते २०:५३

Advertisement

नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ ।

यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

भोलिदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमले जनाएको छ ।

ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री